२०८३ जेष्ठ १६ गते, शनिबार १८:२२

वीरगन्ज नाकाबाट निर्यात सत प्रतिशतले बढ्यो

पर्सा-

देशको मुख्य व्यपारिका नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुक तर्फ हँुने विभिन्न माल बस्तुको निर्यातयमा उलेख्य वृद्धी भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालुआर्थिक वर्षको सोही अवधीमा सत प्रतिशत निर्यात वृद्धी भएको हो ।

आर्थिक वर्ष २०८०-०८१को साउन देखि पुससम्मको ६ महिनामा वीरगन्ज नाकालाई प्रयोग गरी १४ अर्ब ५६ करोड ७१ लाख रुपैयाँको विभिन्न बस्तु निकासी भएको तुलनामा चालु आवको सोही अवधीमा २९ अर्ब २७ करोड ८२ लाख रुपैयाँका माल बस्तु निकासी भएको छ । यो समिक्षा अवधीको तुलनामा १४ अर्ब ७१ करोड १० लाख बढीको मालबस्तु निर्यातभएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज नाकालाई प्रयोग गरी सबै भन्दा बढी भटमास र सुर्यमुखिको प्रशोधित तेल निकासी भएको वीगन्ज भन्सार कार्यालयका सुचना अधिकारी अमित तिवारीले जानकारी दिनुभयो । उहाँले वीरगन्ज नाकाबाट पछिलो समय विभिन्न किसिमका कपडा, सेन्थेटिक यार्न र पशुका आहारा निकासी बढेको बताउनुभयो ।

सुर्यमुखि तथा भटमासको प्रसोधित तेलको आयातमा भारत सरकारले लगाउदै आएको प्रतिबन्द हटाएपछि दुवै बस्तुको निर्यात बढेको अधिकृत तिवारीले जानकारी दिनुभयो । वीगन्ज नाकाबाट हुँने माल बस्तुको निर्यात वृद्धीको सकारात्मक प्रभाव भन्सार कार्यालयको राजश्व संकलनमा समेत देखापरेको उहाँले बताउनुभयो। समिक्षा अवधीमा माल बस्तुको निर्यातबाट १ करोड भन्दा बढी रुपैयाँ राजश्व संकलनभएको तुलनामा चालु आवको सोही अवधीमा १ करोड ७६ लाख रुपैयाँ राजश्व संकलन भएको अधिकृत तिवारीले बताउनुभयो ।

संकलित राजश्व समिक्षा अवधीको तुलनामा ७ प्रतिशतले बढी भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस