२०८३ बैशाख २ गते, बुधबार ०३:२६

काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीवाहक बसमा भारतीय नागरिकको शव फेला

ढल्केबर –

काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ ।मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्रीटोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादवले बताए ।

उनका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि ओर्लिएको समयमा यादवलाई मृत अवस्थामा भेटिएको थियो । उहाँ सोमबार साँझ काठमाडौंबाट जटहीका लागि बसमा चढ्नुभएको थियो ।

तत्काल मृत्युको कारण हालसम्म खुल्न नसकेको बताउँदै प्रहरी निरीक्षक यादवले शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने जानकारी दिनुभयो ।

बसलाई हाल इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको उनले बताए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस