२०८२ असार १७ गते, मंगलवार १६:५५

काठमाडौं-

सरकारले भव्य रुपमा शहीद दिवस मनाउने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँकाअनुसार शहीद सप्ताहको बुधवार अन्तिम दिन भएकाले सरकारको तर्फबाट शहीदगेटमा शहीदप्रति श्रद्धाञ्जली अर्पण हुने र माल्यार्पण गरिने बताउनु भयो । उहाँले शहीद दिवसको स्मरणमा काठमाडौंमा कार्यक्रमको आयोजना गरिने पनि बताउनु भयो ।

सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकमा पारित गर्दै छिटो कार्यान्वयनमा लैजाने निर्णय समेत भएको उहाँले बताउनु भयो । अध्यादेशहरु कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउने निर्णय भएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस