२०८३ आश्विन २८ गते, बुधबार ०२:५३

बाराबाट स्रोत नखुलेको दश लाख रकमसहित दुइ जना पक्राउ

बारा-

बारा प्रहरीले ठूलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुइ जनालाई पक्राउ गरेको छ ।

सिमरा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले स्रोत नखुलेको दश लाख रुपैयाँसहित दुइजनालाई पक्राउ गरेको हो । प्रहरीको टोलीले जीतपुर सिमराबाट पर्साको सखुवा प्रसौनी गाउँपालिका निवासी अनिल पटवारी र वीरगन्ज १५ निवासी ओमप्रकाश यादवलाइ पक्राउ गरेको हो ।

प्रहरीले कलैयाबाट विराटनगरतर्फ जाँदै गरेको प्र ०२–००१ च ८०७३ नम्बरको पिकअपलाई रोकेर जाँच गरेको जाँच गरेको थियो । सोही क्रममा पिकअप चालक अनिल र ओमप्रकाशलाको साथबाट हुण्डीको रकम बरामद भएको बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनका अनुसार चालकले सिटमुनि लुकाइछिपाई राखेको अवस्थाबाट स्रोत नखुलेको १० लाख रुपैँया फेला परेको हो ।

पक्राउ परेकाहरुलाई बारा प्रहरीको हिरासतमा राखि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस