२०८३ बैशाख २ गते, बुधबार ०१:३१

मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यकः महासचिव चन्द

काठमाडौं- 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले नेपाली विशेषतामा आधाररित समाजवाद ल्याउन सकेमात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने उहाँको जिकिर छ । मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख गर्दै उहाँले समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको बताउनु भयो ।

समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस