२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

साउथजोन माविको १६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १४ महिला सहित ५३ जनाले गरे रक्तदान

साउथजोन मा.बिधालयको १६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित राधेमाई स्कुल परिसरमा कार्यक्रम सम्पन्न भएको हो।  रक्तदान कार्यक्रममा १४ महिला सहित ५३ जनाले आफ्नो  रक्तदान गरेका छन।  रेडक्रस सोसाइटी बिरगंज रेश्मकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ताले जानकारी गराएका थिए।

सो रक्तदान कार्यक्रममा निसा कुमारी साह,सन्जना देवी,समिता सिलवाल,सीता देवी,रोशनी श्रेष्ठ,पभित्रा अधिकारी,सरीता झा,राम चन्द्र चौधरी,सन्तोस कुमार यादव,निरज कुमार उपाध्याय,वकिल प्रसाद यादव लगायतकाले रक्तदान गरेका हुन ।

उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाका सभापति वीरेन्द्र राज कँडेलको आतिथ्यमा सम्पन्न भएको छ भने साउथजोन मा.बिधालयका सन्चालक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियोे। अतिथिमा जूनियर सर्कल का विनोद गिरी,प्याब्सन प्रदेशका वरिष्ठ सल्लाहकार श्याम केसी,प्याब्सन पर्साका जिल्ला कार्यसमितिका कोषाध्यक्ष प्रविन चौधरीलगाएतकाहरुको उपस्थिति एवं कार्यक्रम संचालन अशोक संग्रौलाले गरेका थिए।

बिरगंज रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै एवम साउथजोन माविको १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस