२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

नेशनल मेडिकल कलेजलेमा मनाइयो नेपाल नर्सिङ दिवस

पर्सा-

नेपालमा आज ६३ औँ नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाइँदै छ। नर्सहरूको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसर पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपाल नर्सिङ दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पनि मनाईएको छ । दिवसको अवसर पारेर मेडिकल कलेजले नर्सिङ दिवस बिशेष कार्यक्रम गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एकेडेमीक डाइरेक्टर डा. नुसरत जहाँ अन्सारीले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीलाई आफन्त जस्तो सम्झेर सेवा गर्न नर्सहरुलाई सुझाव दिईन् ।
मेडिकल कलेजका हस्पिटल डाइरेक्टर इसरत जहाँ अंसारी, अडमिसन तथा मार्केटिङ डाइरेक्टर अविद हुसैन अंसारी , डाइरेक्टर रुबि यास्मिन कलेजका प्रो. डा. के ऐन सिंहलगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका थिए ।
नर्सिङ दिवसकै अवसर पारेर बिरामीहरूलाई सोहि अवसरमा फलफूल वितरण गरियो ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका , प्रशासन प्रमुख गौसुल आजम, पप्पु सिंह , कलेजमा कार्यरत नर्स, कर्मचारी लगायत सहभागि थिए ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस