२०८३ असार २१ गते, आईतवार ०४:२६

आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री ओली

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको बताउनु भयो । उहाँले नेपालले तिब्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटीइ क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताउनु भयो । उहाँले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको बताउनु भयो ।

देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको बताउनु भयो । प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको बताउनु भयो । सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउन चाहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकारल अघि बढेको बताउनु भयो । पूर्वाधार बिना देशको विकास हुन नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस