२०८३ असार २१ गते, आईतवार ०४:३०

नेपाल नेत्रज्योति सघ पर्साको २१ औ जिल्ला वार्षिक साधारण सभा सम्पन्न

पर्सा-
नेपाल नेत्रज्योति सघ पर्साको २१ औ जिल्ला वार्षिक साधारण सभा बिरगंजको लक्षमणवामा रहेको जेष्ठ नागरिक पार्कमा सम्पन्न भएको हो ।

पर्सा शाखाका सभापति भगवती प्रसाद चौधरीको सभापतित्वमा भएको सभामा प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले गमलामा पानी हाली धुपबती वाली कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

साधारण सभाको कार्यक्रममा आर्थिक वर्ष २०८०र०८१को वार्षिक प्रगती प्रतिबेदन सचीव सिताराम उपाध्यायले गर्नु भएको थियो भने आर्थिक प्रगती प्रतिबेदन कोषाध्यक्ष दिपिका श्रेष्ठले वर्ष भरिको आय-ब्यय प्रस्तुत गर्नु भएको थियो ।

आखाको क्षेत्रमा सबैको प्रतिबद्धता हुनु पर्ने र बालबालिका देखि जेठ नागरिक लगायत सबैले नेत्रज्योतिको सेवा सुबिधाबाट लाभ उठाउनु पर्ने कुरामा जोड दिदै गाउँ गाउँ सम्ममा सेवा पुर्याउने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

२१ औ वार्षिक साधारण सभामा सहभागी सबैलाइ स्वागत मन्तव्य उपाध्यक्ष मदन प्रसाद गुप्ता, धन्यवाद मन्तव्य नि।सभापति श्रीमति मधु राणाले गर्नु भएको थियो भने यस वर्ष भरिमा नया आजिवन सदश्यता प्राप्त गरेकाहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियोे ।

कार्यक्रममा नेपाल रेडक्रस मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मिया, रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दिना गुप्ता, अनिल रिजाल, मधु राणा, उमेश गुप्ता, वसन्त कुमार, सुरेन्द्र सरार्फ, महानन्द गुप्ता, समिता कर्ण, अन्जली चौधरी, ग्यासुदिन ठकुराइ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन सिताराम उपाध्यायले गर्नु भएको कुरा जिल्ला कार्यसमिती सदश्य राजन श्रीवास्तवले जानकारी गराए

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस