२०८३ आश्विन १८ गते, आईतवार १३:२४

छोरी कुट्ने बुबा प्रहरी नियन्त्रणमा

बिर्तामोड-

साथीसँग घुम्न गएको भन्दै १५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छोरी स्वस्तिका विष्टलाई निर्घात कुटपिट गरेको भन्दै प्रहरीले ४५ वर्षीय प्रकाश भनिने निरकुमार विष्टलाई पक्राउ गरेको हो ।

विष्टले साथीसँग घुम्न गएको भन्दै छोरी स्वस्तिको पिलासले टाउको फुटाइदिएका थिए भने बाँसको भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका थिए ।

आफू घरबाहिर भएका बेला श्रीमान्ले छोरीमाथि कुटपिट श्रीमती रेनुका विष्टले बताउनुभयो ।

यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । विष्टलाई छोरी पिटेको आरोपमा पक्राउ गरी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस