२०८२ असार १७ गते, मंगलवार १९:२९

काठमाडौँ –

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताउनु भयो । उहाँले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्नेकुराले नै महत्वपूर्ण अर्थ राख्ने बताउनु भयो । उहाँले केन्द्रिकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने बताउनु भयो । जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने बताउनु भयो ।

संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेको बताउनु भयो । उहाँले अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताउनु भयो । अहिले पनि केन्द्रिकृत शासन प्रणालीको मानसिकता हावी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस