काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पार्टी फुटाउने कुरामा जोड नदिएको बताउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस—एमाले सहितको बलियो सरकारको प्राथमिकता पार्टी फुटाउने नरहेको बताउनु भयो । उहाँले सरकार ढल्छ भन्नेकुरा गरेर विपक्षीहरुले आफ्नो समय खेर फालिरहेको भन्दै व्यर्थमा समय खेर नफाल्न आग्रह गर्नुभयो ।

‘ढलें–ढलें, ढलें–ढलें म त…’ जस्ता गीत मनोरञ्जन पार्टी÷उत्सवहरुमा सुहाए पनि राजनीतिमा नसुहाउने उहाँको टिप्पणी थियो । सरकार बनाउने र हटाउने थलो सदन नै भएकाले दिनरात यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि राम्रो नभएको बताउनु भयो ।
धानमन्त्री ओलीले सरकारको म्युजिकल चेयर गेम भन्दा जनताको जीवनका कुराहरुले बढी अर्थ राख्ने बताउनु भयो ।