काठमाडौं-
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताउनुभएको छ ।
शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताउनु भयो ।

उहाँले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको बताउनु भयो । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक भएको बताउनु भयो ।
अध्यक्ष राउतले सरकारको फोन कुरेर न्यायलयले फैसला गर्ने गरेको आरोप लगाउनु भयो ।