२०८३ जेष्ठ १६ गते, शनिबार १८:२६

अमेरिकालाई खनिज र ऊर्जा उत्पादन निर्यातमा प्रतिवन्ध लगाउने क्यानडाको चेतावनी

काठमाडौ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश क्यानेडियाली उत्पादनहरूमा २५ प्रतिशत कर लगाएपछि क्यानडाले अमेरिकी आयातमा प्रतिशोधात्मक कर घोषणा गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मन्त्रिपरिषद् बैठकको अध्यक्षता र प्रान्तीय र क्षेत्रीय प्रधानमन्त्रीहरूसँग भर्चुअल बैठक आयोजना गरेपछि मंगलवारदेखि ३० अर्ब क्यानेडियन डलर (२१ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी सामानहरूमा २५ प्रतिशत कर लगाउने बताउनु भयो ।

ट्रुडोले २१ दिनमा थप १२५ अर्ब क्यानेडियन डलर मूल्यका सामानहरूमा कर लागू हुने बताउनु भयो । अमेरिकी बियर, वाइन र स्पिरिटहरू, तरकारी, कपडा, जुत्ता र अत्तरसँगै, पहिलो वस्तुहरू, साथै घरेलु उपकरणहरू, फर्निचर र खेलकुद उपकरणहरू हुने बताउनु भयो ।

ट्रुडोले थप गैर–कर व्यापार कार्यहरू अझै निर्णय गर्न बाँकी रहेको तर संयुक्त राज्य अमेरिकामा महत्वपूर्ण खनिज र ऊर्जा उत्पादनहरू निर्यातमा प्रतिवन्ध र अमेरिकी कम्पनीहरूलाई सरकारी सम्झौताहरूमा ल्याउनबाट रोक्ने कदम समावेश हुने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस