२०८३ जेष्ठ १६ गते, शनिबार १७:३६

समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन्ः अध्यक्ष दाहाल

काठमाडौं-
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताउनुभएको छ ।

सोमवार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउनु भयो । उहाँले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताउनु भयो ।

उहाँले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताउनु भयो । नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पु¥याउँदा नै संघीयता सफल हुने बताउनु भयो ।

अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने बताउनु भयो । जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस