२०८२ भाद्र ११ गते, बुधबार १४:५४

 काठमाडौँ-

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ।

हिजो थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज अदालतमा उपस्थित गराउनेगरी न्यायिक हिरासतमा पठाएको थियो।

साहारा चितवन सहकारी ठगी प्रकरणमा पुरक मुद्दा परेका रविसहित १५ जना प्रतिवादीको हिजोबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । हिजो सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए।

सहकारी पीडितको तर्फबाट रमेश काफ्लेले मात्रै बहस गर्न भ्याउनभएको थियो । आज प्रतिवादीका अन्य वकिल र जाहेरवालाका तर्फबाट बहस हुनेछ । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ।

प्रतिक्रिया

वर्चश्वशाली समूहहरु आफ्नो स्वार्थ पूरा गर्न संविधानलाई पछाडि धकेल्न खोज्दैछन्ः प्रमुख सचेतक परियार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधान

न्यायपालिकाको हस्तक्षेपकारी सक्रियताका कारण कार्यपालिका र व्यवस्थापिकाले प्रभावकारी काम गर्न सकेनन्ः सचिव भट्टराई

काठमाडौँ- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालको राज्य प्रणाली असफल

पोडकास्ट सुन्नुहोस