२०८३ मंसिर ११ गते, शुक्रबार ११:५८

काँग्रेस संसदीय दलको बैठक शुरु

काठमाडौं-

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

बिहीवार बिहान संसदको ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिनुहुनेछ ।

गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए ।

सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिनुहुनेछ । साथै आज बस्ने संसदको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रश्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस