२०८२ असार १७ गते, मंगलवार १७:०८

काठमाडौं-

आगामी चैत्र ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी लेजर पोर्ट नेपालले यसबारे जानकारी गराएको हो । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ मा ‘काठमाडौं पिंक केयरएथन’ गर्ने बताएको छ । काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ ।

केयरएथनमा जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउनसक्नेबताइएको छ । घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तीन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु केयरएथनको उद्देश्य रहेको बताउनु भयो ।

कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस