२०८३ मंसिर ११ गते, शुक्रबार ११:५८

अध्यादेशबारे निर्णय गर्न बसेको जसपा, नेपालको बैठक निस्कर्षबिहिन

काठमाडौं-

जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिना निस्कर्ष सकिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्ने कुनै निर्णय लिन नसकेको हो । सरकारले ल्याएको अध्यादेश प्रतिनिधि सभाको बैठकबाट सहजै पारित हुने भएपनि राष्ट्रिय सभाबाट पारित हुने स्थिति नरहेपछि जसपा, नेपालसँग सरकारले समर्थनको लागि आग्रह गरिरहेको छ ।

सोही विषयमा निर्णय गर्न संसदीय दलकोबैठक बसेको भएपनि संसदको आजको कार्यसूचिबाट अध्यादेशसम्बन्धी विषय हटेपछि कुनै निर्णय नगरेको पार्टीकी प्रमुख सचेतक रेखा यादवले बताउनु भयो । उहाँकाअनुसार बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशबाट अध्ययन गर्न पार्टीको तर्फबाट बनाइएको कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको छ ।

उहाँले २६ गते पुनः बैठक बसेर अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्नेबारेमा निर्णय लिइने बताउनु भयो ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस