२०८३ असार २१ गते, आईतवार ००:३२

टर्कीमा नक्कली मदिरा सेवनबाट ३३ जनाको मृत्यु

काठमाडौं-

टर्कीयेको राजधानी अंकारामा नक्कली मदिरा सेवनका कारण ३३ जनाको मृत्यु भएको छ । २० जना अझै सघन उपचार कक्षमा रहेको स्थानीय एनटीभीले शुक्रवार जनाएको छ । १३ जनालाई पक्राउ गरिएको छ । अंकारा प्रान्तीय गभर्नरको कार्यालयले यसअघि मंगलवार नक्कली मदिरा सेवनको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो । अन्य शहरहरूमा पनि यस्तै घटनाहरू रिपोर्ट गरिएका छन् ।

इस्तानबुलमा, जनवरीमा नक्कली–मदिरा विषाक्तताका कारण कम्तिमा ९० जनालाई अस्पताल भर्ना गरिएको थियो । जसमा ३८ जनाको मृत्यु भएको थियो । धेरैजसो मृत्यु मिथानोल विषाक्तताको कारणले हुन्छ । जुन अवैध मदिरा उत्पादनहरूको उत्पादनमा विषाक्त मिथानोल प्रयोग गर्दा हुन्छ । टर्कीका अधिकारीहरूले नक्कली मदिराको उत्पादन र विक्रीमा कडाइ गर्ने प्रयासहरू तिब्र पारेका छन् ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस