२०८३ असार २१ गते, आईतवार ०२:५७

राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यकः प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं-

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको कर्तव्य र जिम्मेवारीका दायरालाई संकुचन नगरी नागरिकको सेवाको वृहत दायरा पहिचान गरी सोहीअनुरुप जिम्मेवारी तोकिनु आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल पुलिस क्लव द ब्लु पेभिलियनको समुद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी हरेक विषम परिस्थितिहरुमा निष्ठापूर्वक वहन गरेको बताउनु भयो । उहाँले आन्तरिक स्थितिलाई मजबुत बनाउने गरी तदअनुसारको व्यवस्था मिलाउनुपर्ने अहिलेको टड्कारो आवश्यकता भएको बताउनु भयो ।

नागरिक प्रशासनको आधारभुत मान्यता र न्यायका मान्य सिद्धान्तलाई जवाफदेही, जिम्मेवारयुक्त, व्यवसायिक र सेवामुलक बनाउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी समाज र राष्ट्रको अपरिहार्य संस्था भएको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस