२०८३ असार २१ गते, आईतवार ०२:५८

नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन माघ २७ देखि, प्रवासी सदस्यलाई अनलाइन मतदानको व्यवस्था

काठमाडौं-

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरुका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।

शनिवार काठमाडौंमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीकी नेतृ हिसिला यमीले यस्तो जानकारी दिनुभएको हो । उहाँले भारतमा रहने प्रवासी सदस्यहरुलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बतउनु भयो । उहाँले पार्टीले समावेशीताको मर्मअनुसार पदाधिकारी चयन गर्ने जानकारी खिनुभयो । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने बताउनु भयो । त्यस्तै सचिवमा महिलालाई प्राथमिकता दिएर जाने र बाँकीलाई फ्रि इलेक्शनको माध्यमबाट चयन गर्ने बताउनु भयो ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता कृष्ण शर्माले राजनीतिक समस्या मात्र नभइ समाधान पनि भएको बताउनु भयो । उहाँले अहिले पुराना राजनीतिक दलहरुले समस्या मात्रै उजागर गर्ने गरेको, जनताको भावनालाई समातेर सत्तामा जाने र सत्ताकोदोहन गर्ने काम गरिरहेको आरोप लगाउनु भयो । नयाँ शक्ति भनेको समाधान भएकाले समाधानसहितको दिशामा अघि बढाउने बताउनु भयो । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेको बताउँदै ७५३ मध्ये ५१२ स्थानीय निकायबाट प्रतिनिधित्व भएको बताउनु भयो । ३१ हजार पार्टी सदस्यहरु, त्यहाँबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरु काठमाडौं आइसकेको जानकारी दिनुभयो । पुराना शक्तिहरुलाई पार्टीको महाधिवेशनमा नबोलाइएको बताउनु भयो । उहाँले पार्टीका नेताहरु आफैँ आत्मनिर्भर हुने, स्वायत्त र स्वचालित ढंगका पार्टीका नियकाहरु हुने उल्लेख गर्नुभयो । शक्ति पृथकीकरणको सिद्धान्तलाई पार्टीभित्र अपनाउने बताउनु भयो ।

पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनःसंरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको बताउनु भयो । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ गतेदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस