२०८२ असार १७ गते, मंगलवार १६:३२

वीरगंज-

आज वीरगंज महानगरपालिका वडा नम्बर ६ गेट प्रवेश द्वारको छेउमा एवं रोड नम्बर ३ स्थित मा अन्नपुर्णा निशुल्क भोजन शिविर सम्पन्न भएको छ।आयोजकका अनुसार प्रत्येक महिनाको अन्तिम शनिबारका दिन उक्त निशुल्क भोजन शिविर सन्चालन हुने गरिन्छ।मा अन्नपुर्णा निशुल्क भोजन शिविर कार्यक्रम माघ महिनाको अन्तिम शनिबार आज सभ्य एवं भव्य रुपले आयोजना सम्पन्न गरेको छ ।

बिगत ६ बर्ष साथिभाइहरुको ससानो सहयोगले शुरु गरिएको र बर्तमान समय सम्म जारी रहेको सो निशुल्क भोजन शिविरमा स्थानिय रिक्सा , ठेला, ईरिक्सा चालकहरु, असहाय एवं बिपन्नहरुको साथै बाहिर बाट आउने जाने बटुवा पर्यटकहरुलाइ निशुल्क भोजन खुवाउने गरेको र आज करिब २५० जनालाई सेवा प्रदान गरेको समितिका कोषाध्यक्ष लेखनाथ टिबडेवालले बताउनु भयो ।

यो निशुल्क भोजन कार्यक्रम बिगत ६ बर्ष देखि चल्दै आएको अध्यक्ष हरेन्द्र कुर्मीले जानकारी गराएका थिए। आजको निशुल्क भोजन कार्यक्रममा अध्यक्ष हरेन्द्र कुर्मी,पवन शर्मा, हुकुम सिंह राजपुत, डा. हरेराम ठाकुर , सियाराम ठाकुर,लालबाबु सिंह,राहुल सिंह राजपुत,राजेन्द्र भट्टराई , कन्हैया पटेल ,अभिलाष गुप्ता ,अशोक श्रेष्ठ ,सकल पडित लगायतले सेवा गरेका थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस