२०८३ असार २१ गते, आईतवार ०२:५९

इजरायल र हमासद्वारा गाजा युद्धविराम सम्झौताअन्तर्गत पाँचौं कैदी–वन्धक आदानप्रदान

काठमाडौं-

इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायल र हमासले शनिवार जारी गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत पाँचौं कैदी–वन्धक आदानप्रदान पूरा गरेका छन् ।

हमासद्वारा पहिले राखिएका तीन इजरायली वन्धकहरूलाई शनिवार मध्य गाजाबाट इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका तीन इजरायली बन्धकहरूमा ५६ वर्षीय ओहाद बेन अमी, दोहोरो इजरायली–जर्मन नागरिक; ५२ वर्षीय एली शाराबी; र ३४ वर्षीय ओर लेवी छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सुरक्षा निकायहरूसँगको सहकार्यमा सरकारले रिहा गरिएका वन्धकहरू र उनीहरूका परिवारहरूलाई सहयोग गर्ने बताएको छ ।

आदानप्रदानको एक भागको रूपमा इजरायलले शनिवार सहमतिअनुसार इजरायली जेलबाट १८३ प्यालेस्टिनी कैदीहरूलाई पनि मुक्त गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले आईसीआरसीको बसहरूबाट ढुवानी गरिएका रिहा गरिएका कैदीहरू रामल्लाह आइपुगेको बताउनु भयो । मुक्त गरिएका कैदीहरूमध्ये ४२ जना वेस्ट बैंकका, तीन जना जेलसेलमका र २७ जना गाजा पट्टीका थिए । सबैले आजीवन कारावास वा लामो अवधिको कारावास भोगिरहेका थिए । यसका साथै हमासको २०२३ को अचानक आक्रमणपछि गाजा पट्टीमा १११ कैदीहरूलाई पक्राउ गरिएको थुनुवा मामिला आयोगले बताएको छ । जनवरी १९ देखि लागू हुनेगरी संयुक्त राज्य अमेरिकाको सहयोगमा इजिप्ट र कतारले मध्यस्थता गरेको इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो, ४२–दिने चरणमा, हमासले ३३ बन्धकहरूलाई रिहा गर्ने प्रावधान राखिएको छ भने इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

अघिल्ला चार बन्दी–वन्धक आदानप्रदानमा, गाजाबाट १८ जना वन्धक र इजरायली जेलबाट लगभग ६ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ । गत महिना टाइम्स अफ इजरायलको एक रिपोर्टअनुसार इजरायलले सबैभन्दा गम्भीर अपराधमा दोषी ठहरिएका प्यालेस्टिनीहरूलाई गाजा पट्टी वा वेस्ट बैंकमा रिहा नगर्न माग गरेको थियो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस