२०८२ असार १७ गते, मंगलवार १०:५५

काठमाडौं-

संसदीय समितिले शनिवार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ ।

आईतवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो । अनुगमन, निरीक्षण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरु आएको र आगलागीले धनको क्षति भएको बताउनु भयो ।

उहाँले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आगामी दिनमा पूर्वतयारीका साथ काम गर्न महशुस देखिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस