२०८२ असार १७ गते, मंगलवार १०:४४

काठमाडौं-

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले संसदबाट अध्यादेशपारित गर्न आफूहरुको कारणले नअड्किएको बताउनु भयो । पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उहाँको भनाइ छ । देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताउनु भयो । सरकारले संसदको कार्यसूचिमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने बताउनु भयो ।

उहाँले अहिले सरकारमा जाने अवस्थामा आफूहरु नरहेको र कुनै मन्त्रालय नचाहिएको पनि बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस