२०८३ असार २१ गते, आईतवार ०३:०२

कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी लाई खोज्दै ज्ञापन पत्र बुझाइयो

पर्सा-

कालीकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै उपप्रमुखसहितको टोलीले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

कालीकामाई गाउँपालिकाका उपप्रमुख राजमती बरैनीको नेतृत्वमा स्थानीय नेता, कार्यकर्ता र सर्वसाधारणको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा प्रमुख प्रशासकीय अधिकृत गिरीले आफ्नो कार्यभार सम्हालेदेखि हालसम्म एक दिनबाहेक कार्यालयमा उपस्थित नभएकोले कार्यालयको काम कारबाहीमा गम्भीर असर परेको उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण स्थानीय जनताले पाउने सेवा समेत अवरुद्ध भएको र यसबाट आम नागरिक पीडित भएको उपप्रमुख बरैनीले बताइन् । उनले अधिकृत गिरीलाई तत्काल आफ्नो आचरण सुधार गरी पालिकामा हाजिर हुन आग्रह गर्दै अन्यथा ठुलो दुर्घटना हुन सक्ने चेतावनीसमेत दिइन् ।

ज्ञापन पत्र बुझाउने क्रममा तरुण दलका क्षेत्र नम्बर ४ का सभापति राज चौरसियाले अधिकृत गिरीको अनुपस्थितिले पालिकाको कामकाज ठप्प भएको र जनता मारमा परेको बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई घटनाको गम्भीरता बुझेर तत्काल समस्या समाधान गर्न आग्रह गरे ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय कुमार पटेल, महाधिवेशन प्रतिनिधि पञ्चानन्द मिश्रलगायत नेता कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस