२०८३ असार २१ गते, आईतवार ०१:५१

सुरक्षित खानेपानीको पहुँच शत प्रतिशत नागरिकमा पु¥याउन तीन तहबीच समन्वय आवश्यकः खानेपानी मन्त्री यादव

काठमाडौँ – 

खानेपानीमन्त्री प्रदीप यादवले शत प्रतिशत सुरक्षित खानेपानीको पहुँच पु¥याउन तीन तहका सरकारबीच समन्वयको आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले शत प्रतिशत शुद्ध खानेपानी पु¥याउन संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य, प्राप्त स्रोत परिचालन नीति सुधार तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य आवश्यक भएको बताउनु भयो । उहाँले सुरक्षित खानेपानीको पहुँच अझै ७३ प्रतिशत नागरिकमा पु¥याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले स्वच्छ खानेपानी र सुरक्षित सरसफाई सुविधा प्रत्येक नागरिकको आधारभुत आवश्यकतासँगै दिगो विकास लक्ष्य प्राप्त गर्ने महत्वपूर्ण आधार भएको बताउनु भयो ।

उहाँले सबै नागरिकलाई समान रुपमा पु¥याउने कार्य अझै चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले तीन तहका सरकार तथा सरोकारवाला संस्थाहरुबीच सहकार्य मजबुत बनाउन रणनीतिक योजना तयार गरी दीर्घकालिन प्रतिवद्धता सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ६१ प्रतिशत जनसंख्याले मात्रै सुरक्षित सरसफाई सुविधा पाएको बताउनु भयो । मन्त्री यादवले १६ औं आवधिक योजनाले ४५ प्रतिशत जनसंख्याले सुरक्षित खानेपानी र ६५ प्रतिशत जनसंख्याले सुरक्षित सरसाफाई र २५ प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य पनि लिइएको बताउनु भयो ।

उहाँले राजनीतिक प्रतिवद्धताको सुदृढीकरणसहित सरसफाई सेवाका लागि तीन तहका सरकारबीच मजबुत बनाउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने पार्टीबाट निर्णय गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले सतप्रतिशत नागरिकलाई सुरक्षित सरसफाई र खानेपानी सुनिश्चित गर्ने प्रतिवद्धताका लागि मन्त्रीपरिषद्मा प्रश्ताव लैजाने उल्लेख गर्नुभयो । उहाँले सबै राजनीतिक दलका अध्यक्षलाई लिखित प्रश्ताव पठाउने बताउनु भयो । उहाँले तीन तहको सरकारको समन्वयमा काम गर्नसके सरसफाई सेवामा फड्को मार्न सक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस