२०८३ जेष्ठ ९ गते, शनिबार १३:२७

विपिन जोशी रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन जनमोर्चा अध्यक्ष केसीको माग

काठमाडौं-

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोलदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बाहिर जोशी जीवितै रहेको सुनिने गरेपनि सरकारले औपचारिक जानकारी नदिएको बताउनु भयो । उहाँले जोशीको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।

७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । भने जोशीलाई हमास समूहले नियन्त्रणमा लिएर गाजातर्फ लगेको थियो । उनको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण; पत्रकार दीपक चौरसिया संघमा आबद्ध

बीरगन्ज-विश्व हिन्दू परिषद् नेपालले शनिबार बीरगन्जमा एक कार्यक्रमको आयोजना गरी

पोडकास्ट सुन्नुहोस