काठमाडौँ-
नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले चार जना प्रधानमन्त्री फेरिएपनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले त्यहाँका जनता आक्रशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउनसक्ने बताउनु भयो ।

उहाँले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गर्नुभयो ।
काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उहाँको भनाइ छ ।