२०८३ असार २१ गते, आईतवार ०२:५८

धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, युवक पक्राउ

धनगढी, कैलाली

धनगढीको ट्राफिक चौराहमा गए राति ड्यूटीमा खटिएका प्रहरीमाथि एक युवकले चक्कु प्रहारको प्रयास गरेका छन्। घटना राति करिब सवा ८ बजेतिर भएको हो।

“हरहर महादेव” भन्दै हातमा चक्कु लिएर सडकमा हिँडिरहेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास भएको थियो। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा युवकले प्रहरीलाई चक्कु प्रहार गर्न खोजेको स्पष्ट देखिन्छ।

प्रहरी स्रोतका अनुसार, चक्कु प्रहार गर्न खोज्ने युवकलाई गए राति नै पक्राउ गरिएको छ। पक्राउ पर्ने युवकको नाम टेकबहादुर टमटा हो र उनी धनगढी उपमहानगरपालिका-१४ का बासिन्दा हुन्। टमटालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

यद्यपि, प्रहरीले घटनाबारे औपचारिक रुपमा कुनै जानकारी दिएको छैन। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस