२०८३ असार २० गते, शनिबार २३:२६

स्वस्थानी व्रत समापन विधिपूर्वक समापन गरिँदै

काठमाडौँ –

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यो व्रतका अवसरमा भक्तजनहरूले महादेव–पार्वतीको पूजा तथा स्कन्द पुराणअन्तर्गतको स्वस्थानी कथा वाचन गरेका थिए ।

व्रत समापनका लागि १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता लगायतका सामग्री चढाइनेछ । भक्तजनहरूले प्रसादमध्ये आठ भाग छुट्याई पति, छोरा वा नजिकको नदीमा अर्पण गर्ने परम्परा छ । रातभर देवी माहात्म्य वाचन गर्दै जाग्राम बस्ने परम्पराले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

स्वस्थानी देवीलाई चार हातमध्ये नीलकमल, खड्ग, ढाल र वरदमुद्रासहित चित्रित गरिएको छ । व्रत गरेमा बिछोड भएका जोडी पुनः मिल्ने, रोगव्याधि हट्ने तथा इच्छित जीवनसाथी प्राप्त हुने कथाहरू प्रचलित छन् ।

यसैगरी, काठमाडौं उपत्यकाको शालिनदीमा एक महिने माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञसहित सम्पन्न गरिँदैछ । करिब दुई सय भक्तजनले कठोर व्रत पूरा गरेका छन् । नेवार समुदायले यस दिनलाई ‘सि पुन्हि’ रूपमा मनाउँछन् ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस