२०८२ असार १७ गते, मंगलवार १०:५४

काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताउनुभएको छ ।

बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताउनु भयो । उहाँले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पार्नुभयो । उहाँले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताउनु भयो ।

पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पु¥यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताउनु भयो । राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताउनु भयो । विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस