२०८३ असार २१ गते, आईतवार ०१:५२

माधव नेपाल लक्षित ओलीको टिप्पणीः अब पनि प्रधानमन्त्री हुने सपना कसरी देखे होलान् ?

काठमाडौँ – 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताउनुभएको छ ।

बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताउनु भयो । उहाँले ‘अगतिला तत्व’लाई बोकेर पार लगाउन नसकिने निस्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताउनु भयो । उहाँले महादेवको उदारहण दिँदै उहाँले महादेवले काँधमा बोकेर विश्व घुम्ता सतीदेवीलाई पार लगाउन नसेको भन्दै माओवादी न सतीदेवी न र सत्यदेवी भन्दै टिप्पणी गर्नुभयो ।

उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताउनु भयो । उहाँले धम्क्याएर ५ वर्ष नै प्रधानमन्त्री बन्ने भ्रम चिर्दा अहिले बेहाल भएको बताउनु भयो । समाजवादी मोर्चाप्रति लक्षित गर्दै उहाँले हात्तीको शिकार गर्न १०-१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पाणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह गर्नुभयो । उहाँले अध्यक्ष नेपालले प्रधानमन्त्री हुन्छु भनेर कसैको मन भतभती पोलेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै यस्तो सपना हिँड्दै देखेको की बस्दै गर्दा देखेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले अहिले सरकारले कानूनी र संरचनागत रुपमा विकासका योजनाहरु अघि बढाइरहेको बताउनु भयो । नेकपा एमाले घेराबन्दीमा रहेको भएपनि ढुक्क भएर जनताको काम गर्न आग्रह गर्नुभयो । उहाँले २०८३ सालको असारमा आफूले राजीनामा गरेपछि नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले कर्मचारीले जनताको काम गर्नुपर्ने भन्दै पार्टीको काम गर्न कार्यकर्ता रहेको बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस