२०८३ असार २१ गते, आईतवार ०१:५१

अमलेखगंजमा ४ किलो अफिम र ७ किलो गाँजा सहित २ जनाको पक्राउ

बारा-

ईलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंजबाट ४ किलो प्रतिबन्धित लागू औषध अफिम र ७ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–३ नाङगी टोलका २९ वर्षीय सुन बहादुर थिङ र निजगढ नगरपालिका–१३ डमरपुरका २२ वर्षीय संजय मोत्तान रहेका छन्।

प्रहरीले हेटौडाबाट वीरगन्ज तर्फ आउँदै गरेको प्र.३–०२–००७ प ८२३९ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकल रोकी चेक गर्दा लेगार्डमा प्लाष्टिकको झोलामा झुन्ड्याई र सिट मुनी लुकाएर ल्याएको अफिम बरामद गरेको हो। यसका साथै प्रहरीले उनीहरूको साथबाट ७ किलो गाँजा र नगद २० हजार पनि बरामद गरेको छ।

पक्राउ परेका दुवै व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय सिमरामा हिरासतमा राखिएको छ भने अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो। यस सम्बन्धमा थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस