२०८२ असार १७ गते, मंगलवार १०:४४

वीरगन्ज-

छपकैया स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगन्ज द्वारा आज “स्नेह मिलन” तथा “आन्तरिक शान्ति एवं सामाजिक सद्भाव” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजना केन्द्रका क्षेत्रीय संचालिका ब्रह्माकुमारी रबिना दिदिको अध्यक्षतामा तथा केन्द्रका प्रमुख ब्रह्माकुमारी बेलि दिदिको विशेष उपस्थितिमा भएको थियो।

कार्यक्रममा केन्द्रका प्रमुख ब्रह्माकुमारी बेलि दिदिले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य र विश्व शान्तिको लागि योगदानबारे प्रकाश पारिन। उनले यस संस्था विश्वभरि फैलिएको आध्यात्मिक तथा शैक्षिक संस्था हो भनेर जानकारी दिइन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालले विश्व शान्ति र सामाजिक सद्भावको महत्वबारे आफ्नो विचार राखे। विशिष्ट अतिथिहरूमा वीरगन्ज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरी गौतम, रिलिफ सोसाइटी वीरगन्जका अध्यक्ष सुरेश रुङटा, ससस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस.पी. गौतम मिश्र लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

कार्यक्रममा ब्रह्माकुमार गोकुल गुबाजुले विश्व शान्ति दिवसको महत्वबारे जानकारी दिँदै यस दिनलाई विश्वभरि संस्थाका ९ हजार शाखाहरूले मनाएको बताए। उनले यस संस्थालाई संयुक्त राष्ट्रसंघद्वारा ७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति दूत पुरस्कारले सम्मानित गरिएको पनि उल्लेख गरे।

यस अवसरमा समाजसेवी प्रकाश थारु, प्रकाश उपाध्याय, श्रवणबहादुर रायमाझी, लालबाबु सिंह, डा. जितेन्द्र आस्वानी, अभिलाष गुप्ता, युवराज खडका, धुर्ब साह लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

ब्रह्माकुमारी संस्था विश्वको सबैभन्दा ठूलो महिला-नेतृत्वमा रहेको आध्यात्मिक तथा शैक्षिक संस्था हो भन्ने कुरा कार्यक्रममा उल्लेख गरिएको थियो। यसले विश्वभरि १४५ देशहरूमा आफ्ना शाखाहरू मार्फत शान्ति र आध्यात्मिक जागरणको कार्य गरिरहेको छ।

कार्यक्रमको समापन विश्व शान्तिको कामना गर्दै योग साधनाको सत्रसहित भएको थियो। यसले समाजमा आन्तरिक शान्ति र सद्भाव बढाउने संस्थाको संकल्पलाई पुनः दोहोर्याएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस