२०८३ असार २१ गते, आईतवार ०१:५१

कन्स्टेन्टाइन टासोउलास ग्रिकको नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमान्डौँ-
ग्रीक संसदका पूर्व सभामुख कन्स्टेन्टाइन टासोउलास बुधवार देशको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

सत्तारुढ रूढिवादी न्यू डेमोक्रेसी (एनडी) पार्टीका उम्मेदवार टासोउलासले चौथो चरणको मतदानमा १६० मत प्राप्त गर्नुभयो । जुन अघिल्लो चरणहरूमा जस्तै थियो ।

अन्य तीन उम्मेदवारहरूले प्रत्येकले ५० भन्दा कम मत प्राप्त गरेका छन् । बुधवारको मतदानमा संसदका कुल २७६ सदस्यहरूले भाग लिए । ग्रिक संविधान अन्तर्गत चौथो चरणमा राष्ट्रपति पद जित्नको लागि उम्मेदवारलाई ३०० सदस्यीय सभामा कम्तिमा १५१ मत चाहिन्छ ।

जुन तेस्रो चरणमा १८० मतबाट घटाइएको थियो । विगत तीन हप्तामा आयोजित पहिलो दुई चरणमा २०० मत थियो । एनडी पार्टीका अनुभवी राजनीतिज्ञ तासौलासले २०१४ मा संस्कृति तथा खेलकुद मन्त्रीको रूपमा सेवा गर्नुभएको थियो ।

२०१९ देखि तीन पटक ठूलो बहुमतले ग्रिक संसदको सभामुख निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस