२०८३ असार २० गते, शनिबार २३:२९

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको कार्यतालिका सार्वजनिक ,यसतो छ तालिका

वीरगन्ज-

देशभरका क्याम्पसहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको कार्यतालिका सार्वजनिक भएको छ। वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पससहित सम्पूर्ण क्याम्पसमा चैत ५ गते मतदान प्रक्रिया सम्पन्न गरिनेछ।

शुक्रवार सार्वजनिक गरिएको कार्यतालिका अनुसार, स्ववियु चुनावका लागि विभिन्न विद्यार्थी सङ्घ–सङ्गठन समूह दर्ता गर्ने समय फागुन १९ गते तोकिएको छ। मतदाता सूची फागुन २१ गते प्रकाशित गरिनेछ भने मतदाता सूचीमा परेका नामहरूबारे दाबी–विरोध पेस गर्न फागुन २५ गतेसम्मको समय दिइएको छ। सोही दिन अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।

उम्मेदवार मनोनयन प्रक्रिया:
– फागुन २६ गते: उम्मेदवार मनोनयन पत्र वितरण
– फागुन २७ गते: प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारहरूको नामावली दर्ता तथा प्रारम्भिक नामावली प्रकाशन
– फागुन २८ गते: उम्मेदवारीविरुद्ध दाबी–विरोध पेस गर्न सकिनेछ, छानबिनपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक
– फागुन २९ गते: उम्मेदवारी फिर्ता लिने अन्तिम मिति तथा अन्तिम उम्मेदवार सूची प्रकाशन

मतदान प्रक्रिया:
चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान प्रक्रिया सम्पन्न हुनेछ।

महत्त्वपूर्ण मितिहरू:
– फागुन १९: सङ्घ–सङ्गठन समूह दर्ता
– फागुन २१: मतदाता सूची प्रकाशन
– फागुन २५: मतदाता सूचीमा दाबी–विरोध पेस गर्ने अन्तिम मिति
– फागुन २६: उम्मेदवार मनोनयन पत्र वितरण
– फागुन २७: उम्मेदवारी दर्ता तथा प्रारम्भिक नामावली प्रकाशन
– फागुन २८: उम्मेदवारीविरुद्ध दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशन
– फागुन २९: उम्मेदवारी फिर्ता लिने अन्तिम मिति तथा अन्तिम उम्मेदवार सूची प्रकाशन
– चैत ५: मतदान (बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म)

यस कार्यतालिका अनुसार, स्ववियु चुनावको सम्पूर्ण प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गरिने अपेक्षा गरिएको छ। विद्यार्थी युनियन चुनावले विद्यार्थीहरूको प्रतिनिधित्व र अधिकारको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यस चुनावले विद्यार्थीहरूको आवाज उठाउन र उनीहरूको हितमा नीतिगत निर्णय लिन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस