२०८३ असार २० गते, शनिबार २२:१०

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति गठन

वीरगन्ज –

ठाकुर राम बहुमुखी क्याम्पस, वीरगन्जमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि समिति गठन गरिएको छ। त्रिभुवन विश्वविद्यालयको निर्देशन अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि क्याम्पसले दिलीप कुमार सिंहको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन समिति गठन गरेको हो।

निर्वाचन समितिका सदस्यहरू:

  • दिलीप कुमार सिंह – संयोजक/निर्वाचन अधिकृत
  • संजयभक्त श्रेष्ठ – सदस्य
  • संजय कुमार दास – सदस्य
  • रामविनय प्रसाद यादव – सदस्य
  • गौरीशंकर पाण्डेय – सदस्य
  • प्रदिप कुशवाहा – सदस्य
  • कन्हैया भा – सदस्य
  • मुक्त कुमार भुसाल – सदस्य
  • नमो नारायण महतो – सदस्य
  • रामाधार प्रसाद साह – सदस्य
  • विजय कुशवाहा – सदस्य
  • गुन्जन कुमार सिंह – सदस्य
  • रघुनाथ प्र. चौरसिया – सदस्य सचिव

क्याम्पस प्रमुख रणजीत प्रसाद यादवले जारी गरेको सूचना अनुसार, त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन निर्देशिका २०८१ बमोजिम समिति गठन गरिएको हो। समितिले निर्देशिकाको परिधिभित्र रही आफ्नो काम, कर्तव्य, अधिकार र जिम्मेवारी निर्वाह गर्नेछ।

त्रिभुवन विश्वविद्यालयले देशभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैसाथ स्ववियु निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा क्याम्पसहरूमा निर्वाचन समिति गठन र अन्य तयारीका कामहरू तीव्र पारिएका छन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस