२०८३ असार २० गते, शनिबार २२:३०

बारामा २५.९ किलो गाँजा बरामद, वीरगन्जका कुर्मी सहित ४ जना पक्राउ

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय बाराले लागू औषध (गाँजा) को तस्करीमा संलग्न ४ जनालाई पक्राउ गरी २५.९ किलोग्राम गाँजा बरामद गरेको छ। दुई छुट्टै घटनामा गरिएको यस कार्यवाहीमा पक्राउ परेकाहरूमाथि लागू औषध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

पहिलो घटना: यात्रु बसबाट २१ किलो गाँजा

प्रहरी चौकी पथलैयाबाट वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको नेतृत्वमा रहेको टोलीले जीतपुरसिमरा उप-महानगरपालिका-१, पथलैया चोकमा नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस (बा ४ ख ७५१७) रोकी चेक गर्दा सिटमुनि छिपाई राखिएको २१ किलो गाँजा बरामद गरिएको हो।
पक्राउ परेका
१. अर्जुन रूम्बा(४० वर्ष), मकवानपुर, राक्सिराङ गाउँपालिका-१
२. राजु लामा(३४ वर्ष), ठेगाना अनिश्चित
३. प्रदीप मोक्तान (३१ वर्ष), ठेगाना अनिश्चित

दोस्रो घटना: पैदल यात्रीसँग ४.९ किलो गाँजा
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको टोलीले जीतपुरसिमरा-२१, अमलेखगञ्ज चोकमा शंकास्पद पैदल यात्री राजकिशोर कुर्मीलाई रोकी जाँच गर्दा झोलामा ४.९ किलो गाँजा पत्ता लागेको हो।
पक्राउ परेका
राजकिशोर कुर्मी(२१ वर्ष), पर्सा, वीरगन्ज महानगरपालिका-१८ (इनर्वा)।

कानुनी प्रक्रिया
प्रहरीले चारै व्यक्तिहरू विरुद्ध लागू औषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट ७ दिने म्याद लिई अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी प्रमुखले यस्ता अवैध गतिविधि नियन्त्रण गर्न कडा निगरानी जारी रहेको बताए।

प्रहरीको चेतावनी
“लागू औषधको ओसारपसार र तस्करी गर्ने व्यक्तिहरू विरुद्ध कडा कारबाही हुनेछ। सामुदायिक सहयोगबाट यस्ता अपराध नियन्त्रण गर्न सकिने हाम्रो विश्वास छ।”

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस