२०८३ असार २० गते, शनिबार २०:४९

१२ घण्टा भित्र पर्सा प्रहरीले आफनै साथीको हत्या गरेको अभियोगमा गर्यो तीन जनालाई पक्राउ

पर्सा-

पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी रहेका छन्।

प्रहरी अनुसार, उनीहरूले आफ्नै साथी इशाल प्रसाद कुर्मीलाई हत्या गरेको खुलासा भएको छ। घटनाको विवरण अनुसार, इशाल प्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो। यसै विवादको क्रममा मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारीले मिलेर इशाल प्रसाद कुर्मीलाई हत्या गरी भेडाहा खोलामा फालेको प्रहरीलाई बयान दिइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए अनुसार, फागुन ७ गते वीरगन्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको १९ वर्षीय छोरा इशाल प्रसाद कुर्मी घरबाट काम गर्न जाने भन्दै निस्किएका थिए। तर, अबेर राती सम्म पनि घर नफर्किएपछि परिवारले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए।

निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दै फागुन ११ गते भेडाहा खोलामा इशाल प्रसाद कुर्मीको तैरिरहेको शव फेला पारेको थियो। प्रहरीले अनुसन्धान क्रममा पत्ता लगाए अनुसार, फागुन ७ गते नै इशाल प्रसाद कुर्मी र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या गरिएको थियो।

पक्राउ परेका तीन जनालाई ज्यान सम्बन्धि कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप जानकारी र अनुसन्धानको प्रगति बारे जानकारी दिने बताएको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस