२०८३ असार २९ गते, सोमबार १९:२६

रौतहटको चन्द्रपुरमा अवैध सञ्चालित १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको आदेश

पर्सा —

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा अवैध रूपमा सञ्चालित १० निजी अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। शनिवार चन्द्रपुरका विभिन्न स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन र निरीक्षण गरेपछि यस्तो निर्णय लिइएको हो।

जाँचमा हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल ह्युमन हस्पिटल एन्ड रिसर्च सेन्टर, पब्लिकलाइफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एन्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दात उपचार केन्द्र लगायत १० अस्पतालले दर्ता र मापदण्ड पूरा नगरी सञ्चालन गरेको पुष्टि भएको छ। यीमध्ये ११ वटा अस्पतालको अनुगमनमा मात्र चन्द्रपुर हस्पिटल प्रालिले मापदण्ड पूरा गरी दर्ता गरेको देखिएको छ।

मुख्यमन्त्री सिंहले यी अस्पतालहरूलाई दर्ता प्रक्रिया पूरा नभएसम्म नयाँ बिरामी भर्ना नगर्न, पहिलेदेखि भर्ना भएकाहरूलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न र भुक्तानी फिर्ता दिन पनि आदेश दिएका छन्। उनले लिखित निर्देशनमा स्पष्ट रूपमा भनेका छन्, “स्वास्थ्य सेवा व्यवसायिकरण गर्दै कानुनको अवहेलना गर्नेलाई कडा कारबाही गरिनेछ। अस्पतालहरूले मापदण्ड पूरा गरी अनुमति लिएपछि मात्र सेवा दिनुपर्छ।”

साथै, उनले प्रत्येक अस्पतालले बेड सङ्ख्याको आधारमा १०% इमर्जेन्सी बेड र १०% गरिब, दलित तथा लक्षित समूहलाई छूट दिनुपर्ने कानुनी व्यवस्था पनि कडाईले लागू गर्न जोड दिएका छन्।

यसअघिको कारबाही:
मुख्यमन्त्री सिंहले यसभन्दा अघि जनकपुर र वीरगञ्जमा पनि अनुगमन गरी प्रक्रिया नपुगेका ३ दर्जनभन्दा बढी निजी अस्पताल बन्द गराएका थिए। उनको यो अभियानले प्रदेशभर अवैध स्वास्थ्य संस्थाहरूमा नियमन कडा हुने संकेत दिएको छ।

प्रतिक्रिया

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

पोडकास्ट सुन्नुहोस