काठमाडौं-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राजनीतक दलका नेताहरुले नैतिक चरित्र पुनःस्थापित गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शनिवार आयोजित मेटेरियल एण्ड कल्चरल एडभान्समेन्ट दी प्याक्टिस अफ चाइना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनका राष्ट्रपति सि जिन पिङले अघि सार्नुभएको नैतिकताको विचारलाई वर्तमान सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरुले अनुशरण गर्नुपर्ने बताउनु भयो । उहाँले भौतिक विकासले मात्रै आत्मसन्तुष्टि दिन नसक्ने भएकाले आत्मिक विकासका लागि पूर्वीय दर्शनले निर्देश गरेको बताउनु भयो ।

मन्त्री पाण्डेले नेपाल र चीनबीच संस्कृतिका राम्रा पक्षहरुको आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले असल नैतिक चरित्र निर्माण गर्नसके नेपालले आफ्नै खुट्टामा उभिएर उज्वल भविष्य निर्माण गर्न सकिने बताउनु भयो ।