२०८३ असार २० गते, शनिबार १८:२६

सप्तरीमा पाटे बाघले दुई जनालाई घाइते बनायो

सप्तरी-

सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका–१ मा सोमबार बिहान साढे ६ बजे पाटे बाघले दुई जनालाई घाइते बनाएको छ। घाइते हुनेमा स्थानीय गणेश खत्री र कृष्ण विष्ट परेका छन्। घटना फत्तेपुर बजारको रङ्गशालाको गेट छेउमा रहेको एक घरको कम्पाउण्डमा भएको हो।

बाघ देखिएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए। घाइते विष्टलाई उपचारको लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

यस सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बाघको नियन्त्रण गर्न कोसी टापु वन्यजन्तु आरक्षण केन्द्रको टोली आउने जानकारी दिएका छन्। स्थानीय बासिन्दाहरूले बाघले गर्दा आतङ्कित माहौल बनेको बताएका छन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस