२०८३ असार २० गते, शनिबार १९:४०

कालिकामाई गाउँपालिकामा विद्यार्थीहरु बेहोस अपडेट: कन्भर्सन डिस्अर्डरआशंका डा. अनिल कुमार यादव

पर्सा-

पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नं. ४ कटिबलुवामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु आज बिहान प्रार्थनाको समयमा बेहोस भएका छन्। घटनाको समयमा विद्यार्थीहरु रिंगटा लाग्ने, ढल्ने र बेहोस हुने गरेका थिए। यसपछि गाउँपालिकाले एम्बुलेन्स बोलाएर विद्यार्थीहरुलाई पोखरिया अस्पताल र वीरगन्जका अस्पतालहरुमा लगिएको छ।

पोखरिया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अनिल कुमार यादवका अनुसार, एक जना छात्र र १३ जना छात्रा गरी जम्मा १४ जना विद्यार्थी भर्ना भएका थिए। उनमध्ये एक जना छात्रलाई अभिभावकको आग्रहमा नारायणी अस्पताल, वीरगन्जमा रिफर गरिएको छ भने बाँकी १३ जनालाई पोखरिया अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

डा. यादवले बताए अनुसार, बेहोस हुने कारण अहिले नखुले पनि यस्तो समस्यालाई कन्भर्सन डिस्अर्डर (Conversion Disorder) को आशंका गरिएको छ। उनले यो प्रारम्भिक शंका मात्रै रहेको बताउँदै एकदुई दिनपछि फेरी बोलाएर विद्यार्थीहरुको अवस्था हेरी थप जानकारी दिने बताएका छन्।

यस घटनाले स्थानीय समुदायमा चासो बढाएको छ। विद्यालय प्रशासन र स्वास्थ्यकर्मीहरुले घटनाको सही कारण पत्ता लगाउन र थप उपचारका लागि जुटेका छन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस