२०८२ असार १९ गते, बिहीबार १४:४९

पर्सा-

पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. २ बागबाना गाउँमा रोकि राखिएको बसमा आगो लागेको छ। आगो लागेपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटना ना. ४ ख ३४६५ नम्बरको बिगानाथ थारुको बसमा घटेको हो। बसको चारवटा टायर बाहेक बाँकी सबै पाटहरु जलेर नष्ट भएका छन्।

बागबाना हुँदै हरपुर, बौहर्वा र वीरगञ्ज चल्ने यो बस आज अर्को बसको चल्ने पालो भएको हुनाले बागबाना गाउँमा रोकि राखिएको थियो। बागबानाबाट पर्साको ग्रामीण भेग हुँदै दुईवटा बस प्रतिदिन आलोपालो गरी चल्ने गर्दछन्।

स्थानीय बासिन्दाहरुले बसमा तार सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरेका छन्। आगो लागेपछि स्थानीय बासिन्दा, मनवा प्रहरी चौकी र सखुवाप्रसौनी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। मनवा प्रहरी चौकीका इन्चार्ज मनोज यादवले थप अनुसन्धान भइरहेको बताएका छन्।

यस घटनाले स्थानीय बासिन्दाहरुमा आक्रोश पनि देखिएको छ। उनीहरुले आगो लागेको देखिने बित्तिकै पर्सागढीको बारुणयन्त्रलाई फोन गरे पनि बारुणयन्त्र नआएको भन्दै आफ्नो रिस व्यक्त गरेका छन्।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस