२०८३ बैशाख २६ गते, शनिबार २२:२८

कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडौं-

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।

सोमवार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले यसअघि पनि कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन प्रधानमन्त्री ओलीले खेल्नुभएको भुमिकाको सरहाना गर्नुभयो । कम्युनिष्ट आन्दोलनमा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ बनाउन ओलीले महत्वपूर्ण भुमिका खेल्नुभएको बताउनु भयो । राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई गहिरोसँग आत्मसाथ गर्नुपर्ने बताउनु भयो । बहुलवाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनैपनि राजनीतकि घटना तथा परिघटनाले विचलित तुल्याउन नसक्ने बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली नेपालका विशिष्ट राजनीतिज्ञका साथै मुलुकको सामाजिक, आर्थिक समृद्धि अभियानका स्वप्नद्रष्टा र कुशल नेतृत्वकर्तामध्येका एक भएको बताउनु भयो । प्रधानमन्त्री ओली लोकप्रिय राजनेता भएको बताउनु भयो । आवश्यकताअनुसार व्यवहारमा अधिकतम लचकत अपनाएर निर्धारित लक्ष्यमा पार्टी, समाज र मुलुकलाई अग्रगतितर्फ लैजाने खुबी प्रधानमन्त्री ओलीमा रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस