२०८३ असार २० गते, शनिबार १९:४०

राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकतावद्ध भएर सहकार्य गर्नुपर्छः राष्ट्रपति

काठमाडौं-

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समृद्धि र दिगो  विकासका लागि सबैले एकतावद्ध भएर सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नैतिक, मूल्य,मान्यता र सदाचार सभ्य समाजको मेरुदण्ड भएको बताउनु भयो । उहाँले समृद्धि र दिगो विकासका लागि वित्तीय सफलताका साथै नैतिकता, समानता र सेवाभावको कार्य गर्नुपर्ने बताउनु भयो । भावि पुस्तालाई सकारात्मक परिवर्तनका लािग परिलक्षित संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा एकतावद्ध हुनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार क्रमशः प्राध्यापक डा. विद्यानाथ उपाध्याय भट्ट र पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई समर्पण गरिएको थियो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस