२०८३ जेष्ठ १६ गते, शनिबार १८:२१

राष्ट्रिय सभामा आज बैठक बस्दै, पाँच अध्यादेश पेस हुने तयारी

काठमाडौँ-

आज बिहीबार दिउँसो १:१५ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। यस बैठकमा प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश बहुमतले स्वीकृत गरेको थियो। प्रतिपक्षको विरोधका बाबजुत पनि यी अध्यादेश पारित भएका थिए। सरकारले ल्याएका ६ मध्ये भूमिसम्बन्धी अध्यादेशलाई अहिले अगाडि नबढाउने निर्णय गरिएको छ।

प्रतिनिधि सभामा स्वीकृत भएका अध्यादेशहरू यसप्रकार छन्:
१. सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१
२. आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१
३. निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१
४. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१
५. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१

यी अध्यादेशलाई राष्ट्रिय सभा नियमावली बमोजिम प्रक्रिया अघि बढाइने छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस