२०८३ जेष्ठ १६ गते, शनिबार १८:२२

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्धारा इयु र फिनल्यान्डका राजदूतलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा लगानी वृद्धिको आग्रह

जनकपुर-

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक तथा तीव्र प्रतिफल प्राप्तिका लागि युरोपेली युनियन (इयु) र फिनल्यान्डका राजदूतलाई लगानी वृद्धि गर्न आग्रह गरेका छन्। बुधबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इयुका राजदूत भेरोनिक लोरेञ्जो र फिनल्यान्डका राजदूत रिना-रिक्का हेइक्कासँग भेटवार्ता गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको जोड दिए।

मुख्यमन्त्री सिंहले शिक्षा क्षेत्रमा विपन्न, महिला, दलित र पिछडिएका समुदायको पहुँच सुनिश्चित गर्न, जीविकोपार्जन र समाज उन्नयनमा सहयोग पुग्ने गरी शिक्षाको गुणस्तर बढाउन तथा विद्यालयका भौतिक संरचना एवं पठन सामग्रीको पर्याप्त उपलब्धताका लागि काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे। उनले गरीबी र समाजमा विद्यमान अन्धविश्वास तथा गलत धारणाका कारण बालिका शिक्षा प्रभावित भएको बताउँदै बालविवाहले महिलाको शिक्षामा सहभागिता घटाएको पनि औंल्याए।

स्वास्थ्य क्षेत्रमा पनि गुणस्तर वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रमहरूमा दात्री निकायको थप सहयोग आवश्यक रहेको उनले बताए। मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न पर्याप्त र दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै उनले दात्री निकायले यसमा अग्रसरता लिनुपर्ने अपेक्षा व्यक्त गरे।

भेटवार्तामा प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहलगायत अन्य अधिकारीहरू सहभागी थिए।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस